-->
ओलीले दिए भारतलाई यस्तो चेतावनी, सरकार परिवर्तन गरेर आफ्नो अभिष्ट पूरा गर्ने सपना नदेखे हुन्छ

काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन गरेर आफ्नो अभिष्ट पूरा गर्ने सपना नदेख्न दक्षिणी छिमेकी भारतलाई चेतावनी दिएका छन्।

प्रधानमन्त्री ओलीले बुधबार स्रष्टाहरुलाई सम्बोधन गर्दै आफूले राजीनामा दिएपछि नेपाल भित्रभन्दा बाहिर बढी खुशीयाली छाएको भन्दै खुशी मनाउने क्रममा अब आफ्नो स्वार्थ पूरा हुने भो भनेर नरमाउन भारतलाई चेतावनी दिए। उनले आफ्नो राजीनामापछि मनाइएको खुशीयालीमा नेपालको अनिष्ट लुकेको भए त्यो कुनै हालतमा पूरा हुन नदिने बताए। उनले मुलुक अब एकताबद्ध भएर समृद्धिको बाटोमा जाने भन्दै २१ औं शताब्दीको नेपाललाई आफ्नो स्वार्थ अनुसार चलाउने सपना नदेख्न भारतलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतलाई नेपाललाई मगन्ते र कमजोर नठान्न पनि चेतावनी दिए। उनले पहिला पहिला सानाले ठूलासामु नजराना चढाउने चलन रहेपनि नेपालको नयाँ पिंढी अब निधार थाप्ने पक्षमा नरहेकोतर्फ सचेत हुन भारतलाई सुझाव दिए।  प्रधानमन्त्री ओलीले राष्ट्रियता मजबुत पार्ने खालका साहित्य सिर्जना गरेर मुलुकको शिर उचो राख्न स्रष्टाहरुसँग आग्रह समेत गरे।