धनकुटा बस दुर्घटनाः पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु
१३ साउन, धनकुटा । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । माओवादी नेता वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री हुँदा उनी राज्यमन्त्री थिए ।
अन्य मृतकको भने सनाखत नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ३ पुरुष, ३ महिला र एक बालिकाको मृत्यु भएको पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दुर्घटनामा तीस-चालिस जना घाइते भएको र उनीहरुलाई उपचारका लागि बिभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।
घटनास्थलमा सिधुवा प्रहरी, स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वको टोली खटिएको छ । onlinekhaber बाट