प्रचण्डलाई धोका दिए ओलीले
यो वार्ताबाट सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्ताले हिजो ९ बुँदे सहमति पायो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बजेट सार्वजनिक गर्ने र प्रचण्डलाई प्रधानमन्त्री बनाएर बजेट कार्यान्यन गराउने बचन समेत दिएका थिए । त्यहीँ विषयमा प्रधानमन्त्री केपी ओलीसँग भ्रद्र सहमति भएको एमाओवादीको दावी छ ।
यसैअनुरुप हिजो राती ९ बुँदे सम्झौता भयो । तर त्यो सम्झौताको मसी सुक्न नपाउँदै एमालेका नेताहरुले किचलो सुरु गरेको छ । एमालेका नेताहरुले सत्ता हस्तान्तरण भन्ने कुनै भद्र सहमति नभएको दावी गरेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले कागजमा लेखिएको बाहेक अन्य कुनै सहमति नभएको बताएका छन् ।
एमाले सचिव योगेश भट्टराई सहमतिको पहिलो बुँदामा राष्ट्रिय सहमतिको कुरा समावेश भएको र सहमतिका लागि मिलेर प्रयास गर्ने कुरा भएपनि सत्ता हस्तान्तरणका बारेमा बाहिर चर्चा र हल्ला भएजस्तो कुनै सहमति नभएको बताए ।