माउन्ट एभरेष्ट होइन विश्वको सर्वोच्च शिखर – अन्तराष्ट्रिय मिडिया
संसारलाई थाहा छ संसारको सर्वोच्च शिखर नेपालको सगरमाथा हो । विश्वले माउन्ट एभरेष्टलाई नै सर्वोच्च शिखरकोरुपमा निच्दै आएको छ ।
विश्वका विभिन्न सञ्चार माध्यमले भने बैज्ञानिकहरुको हवाला दिँदै सगरमाथा नभएर एक्वेडरको चिमबोराजो हिमाल सगरमाथा भन्दा अग्लो रहेको दावी गरेका छन् ।
समुन्द्री सतहबाट ८८८४ मिटर अग्लो रहेको सगरमाथा विश्वको सर्वोच्च स्थानकोरुपमा मानिँदै आएको छ । तर अन्तरीक्षबाट नजिक पर्ने भएका कारण सगरमाथा भन्दा अग्लो इक्वाडोरको चिमबोराजो पर्वत विश्वको सर्वोच्च शिखर भएको बेलायतको पत्रिका इण्डिपेन्डेन्टले लेखेको छ ।विश्वका विभिन्न सञ्चार माध्यमले भने बैज्ञानिकहरुको हवाला दिँदै सगरमाथा नभएर एक्वेडरको चिमबोराजो हिमाल सगरमाथा भन्दा अग्लो रहेको दावी गरेका छन् ।
भारतीय मिडीयामा पनि हेडलाइन
समुन्द्री सतहबाट नाप्दा मात्र सगरमाथा सर्वोच्च रहेको तर पृथ्वीको केन्द्रबाट मापन गर्दा सगरमाथा विश्वका २० सर्वोच्च शिखमा समेत नपर्ने समेत उक्त समाचारमा उल्लेख छ ।
सगरमाथा भूमध्य रेखाबाट धेरै टाढा भएका कारण सगरमाथालाई उचाइमा घाटा भएको समेत समाचारमा जनाइएको छ । पृथ्वीको केन्द्रबाट सबैभन्दा अग्ला मानिएका अन्य हिमालहरु सगरमाथा जस्तो चढ्नका लागि कठिन पनि नरहेको इण्डिपेन्डेन्टले जनाएको छ ।
