बागलुङ, ५ जेष्ठ - बाग्लुङ्ग जिल्लाकाे राङ्खानी गाविसमा महिला कलाकार मिना बि सि मिनु यतिबेला हलाे जाेतेकि छिन। माया यस्तै हाे, अागाे लाग्लाहै जस्ता विभिन्न दर्जन लाेक गित गएकी गायिका मिनु हलाे जाेत्न पनि पछि परिनन् अाफ्ना दाजुहरु बैदेशिक राेजगारिमा र देशका युवाहरु बिदेशीयपछि अाफुले हलाे जाेतेकाे बतउनु हुन्छ।
हामी महिलाहरु चाहे जे पनि गर्न सक्ने बताउदै अधिकार मागेर हाेईन गरेर पनि देखाई लिनु पर्छ भन्दै नारि पछि पर्नुकाे कारण नारि भित्रकाे डर, त्रास, बाेल्न नसक्नु र लाज भएकाे र खुल्ला मन र तिब्र इच्छा लिदै सबै अगाडी बढेमा जनसुकै काम गर्न सकिन्छ भन्दै सबैलाइ अगाडी बढ्न अनुराेध गर्नु भएकाे छ । उहाले भन्नु भयो लाेकगित गाएर हिड्ने मान्छे अाज हलाे जाेत्दैछु भाेलि समयले कहाँ पुर्याउने हाे।
टुक्रा भयाे सिसा फुटेर अाफ्नाे नयाँ लाेक गित बजारमा अाएकाे छ सबैले मायाँ गरिदिनुहुन अनुराेध गर्नु भएकाे छ। भन्छन महिलाले हलाे जाेत्दा जमिन भासिन्छरे हेरौ अब के हुन्छ । अाफु पहिले अारनकाे काम गरेकाे र अहिले हलाे जाेतेकाे बताउनुहुन्छ ।
गाउँका युवाहरु काेहि बिदेश त काेही अध्यनकाे शिलशिलामा शहर पसे पछि गाउँमा साराे गाराे अप्ठ्यारो पर्दा तथा हलै जाेत्नका लागि युवाहरु नभयपछि महिलाहरुले हलाे कस्ले जाेत्ता भन्ने समस्या परेका बेला बागलुङ राङ्खानिकी महिला कलाकार हलाे जाेत्न बाध्य बनेकी छिन । नारीले चाहे जे पनि गर्न सक्छन् भन्ने उदाहरणकाे रुपमा बागलुङ राङ्खानिकी लाेक गायिका मिनु दरिलाे अाधार बनेकी छिन ।
बाग्लुङ्गकी महिला कलाकार हलो जोत्दै