शारीरिक रूपमा सन्तुष्ट छैन
म ३९ वर्षीया महिला हुँ । मेरा श्रीमान् ६० वर्षको हुनुहुन्छ र म उहाँकी तेस्री श्रीमती हुँ । हाम्रो विवाह भएको १५ वर्ष भयो । मेरी १ छोरी छिन् । मेरो उहाँसँग अप्ठ्यारो परिस्थितिमा विवाह भएको थियो । हाल आएर म श्रीमान्सँग शारीरिक रूपमा सन्तुष्ट छैन भने सम्बन्ध राख्न पनि इच्छा नभएको अनुभव हुन्छ । यसको प्रत्यक्ष असर मेरो र उहाँको सम्बन्धमा देखा पर्दैछ । यसै कारणले होला, मेरो उमेर मिल्ने एक जना पुरुषसँग यौनसम्बन्ध हुँदै आएको छ । आजभोलि श्रीमान्सँग दैनिकजस्तो मनमुटाव भैरहन्छ । यस्तो समस्या उमेरको भिन्नताका कारणले उत्पन्न हुन्छ कि अन्य कारणले ? किनभने धेरैजसो समयमा मलाई उमेरको भिन्नताकै कारणले गर्दा यौनइच्छा नभएजस्तो महसुस हुन्छ, तर वास्तवमा मलाई भएको के हो र यसको समाधान के छ
यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ, तर मानिसहरूले यसलाई कसरी लिइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हो । यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा तपाईंको जस्तो उमेरका साथै बुढ्यौलीमा पनि सम्भव छ । फरक यति हो कि मानिसहरूले हरेक समय र निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन ? सेक्स मात्र महत्त्वपूर्ण होइन । यससँग जोडिएका अरू धेरै पक्ष छन । सबैभन्दा महत्त्वपूर्ण कुरा एक–अर्कालाई स्वीकार गरिएको छ कि छैन ? भावना साटासाट अर्को अभिन्न पक्ष हो । त्यसैले उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना हुन्छ । श्रीमान्को उमेर बढ्दै जाने क्रमसँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ । अर्को व्यक्तिसँग यौनजीवनलाई अघि बढाउँदै हुनुहुन्छ भने त्यसले जीवनमा थप समस्या सिर्जना गर्छ ।
तपाईंले अप्ठ्यारो परिस्थिति भनेर के भन्न खोज्नुभएको हो, त्यसका मनोवैज्ञानिक पक्ष पनि छ कि ? तपाईंको विवाहमा सन्तुष्टि कम भेटिने वा असन्तुष्ट रहने कारणहरूमा मानसिक अन्तद्र्वन्द्व एउटा प्रमुख कारण हो । कतै आफूले आफ्नो स्वार्थ मात्र पूरा गरें कि भन्ने मनमा परिरहेको हुन सक्छ । कतिपय अवस्थामा अर्को व्यक्तिसँग सम्बन्ध राखेर कतै गल्ती पो गरिरहेकी छु कि भन्ने आभास भैरहन्छ । हेर्दा सामान्य लागे पनि मनमा विभिन्न सोच आउँछ । यसरी मनमा कुरा खेलिरहेका बेला तपाईंलाई लाग्न सक्छ, यस्ता कुराले तपाईंको मनोविज्ञानमा प्रतिकूल असर पारिरहेको छ र त्यसले यौनसन्तुष्टि प्राप्तिमा समस्या भएको हुन सक्छ । त्यसैले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी तथा आवश्यकताहरूलाई रूपान्तरण गर्न जरुरी हुन्छ ।
तेस्री श्रीमतीको स्थानमा बस्दा प्राय:जसो उहाँका पहिलेका श्रीमतीसँग कस्तो यौनसम्बन्ध थियो भन्ने कुरा पनि तुलना गर्न पुगिन्छ । महत्त्वपूर्ण कुराचाहिँ के हो भने हरेक व्यक्तिसँगको यौन सम्बन्ध फरक हुन्छ र यसलाई फरक किसिमले रमाइलो बनाउन सकिन्छ । अर्को थाहा पाउनुपर्ने कुरा भनेको हार्मोनमा आएको परिवर्तन हो । उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हार्मोन परिवर्तन हुनु स्वभाविक हो । महिलामा आउने परिवर्तन विशेष गरेर मेनोपज अर्थात् महिनावारी रोकिनुअघि महिलाको यौनिका तन्तुहरू पातलो हुन, सुख्खा हुन र चिल्लो पदार्थ निस्कन कम हुन सक्छ, त्यसैले पहिले आनन्द महसुस गर्ने महिलाले पनि पछि त्यस किसिमको आनन्द प्राप्त गर्न सक्दैनन् । त्यसैगरी पुरुषमा पनि हार्मोन परिवर्तन हुन्छ, टेस्टोस्टेरोन हार्मोनले पुरुषको यौन इच्छामा प्रभाव पार्छ ।
डा. टेसिनाका अनुसार यौनजीवनलाई प्राथमिकता दिनु महत्त्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्या उत्पन्न हुन सक्छन् । यौन नै यस्तो क्रियाकलाप हुन सक्छ, जसले एक–अर्कालाई बुझ्न, भावनात्मक कुरा महसुस गर्न तथा सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ । उमेरको भिन्नता भए पनि यौनजन्य आनन्द लिन सकिन्छ । यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्न पुग्छ । सकारात्मक सोचका साथ काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने, चिन्ता नलिने र आफूलाई अनुकूल बनाउँदै लाने हो भने यौन आनन्दमा कमी नहुने अध्ययनहरूले देखाएका छन् । अप्ठ्यारो परिस्थितिमा विवाह भएको भए पनि थप अप्ठ्यारो सिर्जना नगर्न एकअर्कासँग खुलेर कुरा गर्नु आवश्यक हुन्छ ।