१० वर्षीया बालिका: जो इजरायली सेनासँग लड्छिन्
एजेन्सी: प्यालेस्टाइनकी जन्ना जिहाद अय्याद अघिल्लो महिनामात्रै १० वर्षमा लागिन् । उनी आफूलाई विश्वकै सबैभन्दा कान्छी पत्रकार भएको बताउँछिन् ।
जन्नाको उमेर जति सानो छ उनको अभियान भने उनको उमेर भन्दा कयौं गुणा ठूलो छ । उनी आफ्नो गाउँ युद्ध क्षेत्र भएका कारण आफूहरुले झेल्नु परेको कष्टलाई विश्वसामू सार्वजनिक गर्ने अभियानमा छिन् ।
जन्नाले आफ्नो नामको बीचको शब्दा पिताको नामबाट लिएका छन् । जन्नालाई उनका बाबुले छोडेर गइसकेका छन् ।
जन्ना आफ्नी आमा र हजुरआमासँगै रामल्लाहमा बस्दै आएकी छन् । उनी त्यहाँ बसेर इजरायलबाट भइरहेको ज्यादतीको भिडियो बनाइरहेकी छन् ।
उनी इजरायली ज्यादतीको भिडियो खिचेर फेसबुकमा हाल्छिन् । उनले आफूलाई विश्वकै सबैभन्दा कान्छी युद्ध पत्रकारका रुपमा प्रस्तुत गरेकी छन् ।
पश्चिमी तटको कब्जा गरिएको गाउँ नबी सालेह निवासी जन्ना र उनका कयौं स्थानीय साथीहरु मिलेर नियमित रूपमास इजरायली कब्जाविरुद्ध प्रदर्शनमा भाग लिइरहेका छन् । जब उनी सात वर्षकी थिइन् त्यही बेलादेखि उनले प्यालेस्टाइनमा भइरहेको इजरायली ज्यादतीको भिडियो बनाउँदै आएकी थिइन् ।
जन्नाले प्यालेस्टाइनमा इजरायलले गरेको ज्यादतिको समाचार कयौं पत्रकारले नलेखेको गुनासो गरिन् । 'अरु पत्रकारले हामीमाथिको इजरायली ज्यादतिको समाचार लेख्दैनन्', उनले गुनासो गरिन्, 'त्यही भएर मैले आफैंले यहाँको ज्यादतिको सन्देश विश्वमा फैल्याउने बाचा गरेकी हुँ ।त्यसपछि मैले हाम्रो गाउँमा भइरहेको ज्यादती विश्वभर फैल्याइरहेकी छु ।'
उनको परिवारमा कोही पनि पत्रकार छैनन् । उनका काका बिलाल तमिमी एक फोटोग्राफर हुन् । उनले नबी सालेहमा इजरायली सैनिकको हिंसाको दस्तावेज तयार गरेका छन् । जन्ना उनैबाट प्रभावित भएकी थिइन् ।
जन्नाकी भाञ्जी बहिनी मुस्तफा तमिमी र अर्का मामारुश्दी तमिमी दुबैलाई नबी सालेहमा इजरायलले हत्या गरेको थियो ।
त्यसपछि जन्नाले आफ्नो कामलाई अघि बढाइन् । आफ्ना परिवारसँग घुमिन् अनि आमाको आईफोनबाट जेरूशलेम, हेब्रोन, नेबलस र जोर्डनमा भिडियो खिचिन् । उनको भिडियोमा कसरी चौकीमा कैदीलाई पक्रिन्छ, त्यसको विरोधमा निकालिएको जुलुस र प्यालेस्टाइनका बालबालिकामाथि भएको इजरायली ज्यादतीलाई देखाइएको छ ।
उनलाई बयस्क पत्रकार भन्दा आफूलाई सजिलै भिडियो खिच्न सकिने विश्वास छ । सैनिकहरुले ठूला पत्रकारलाई क्यामेरा निषेध गरेपनि उनी सानी भएकाले भिडियो र फोटो खिच्न सफल भइरहेकी छन् ।
जन्नालाई फेसबुकमा २२ हजार भन्दाबढी मानिसले लाइक गरेका छन् । उनको पेजमा कयौं भिडियो रहेका छन् । जसमा उनी प्रदर्शनमा भाग लिइरहेको र इजरायली सैनिकसँग भिडिरहेको भिडियो पनि रहेका छन् । उनले इजरायली ज्यादतीका समाचार अरबी र अंग्रेजी दुबै भाषामा बनाउँछिन् ।
उनकी आमा नवल तमिमी छोरीको काम देखेर डरसँगै गर्व पनि हुने गरेको बताउँछिन् । जन्नाले भनिन्, 'म सीएनएन या फक्स न्यूजका लागि काम गर्न चाहन्छु । किन कि उनीहरु प्यालेस्टाइनको पक्षमा कुरै गर्दैनन् । म त्यहाँको रिपोर्टर बनेर इजरायली ज्यादतीको पोल खोल्छु ।'
जन्ना भिडियो सुटिङसँगै नृत्य, गायन, पढाई र साथीसँग खेल्न पनि मन पराउँछिन् ।