-->
शरीरमा चम्चादेखि काँटीसम्म टाँसिने चुम्बक मानव

आफूसँग चुम्बकीय शक्ति भएको दाबी गर्ने एक भारतीयले विभिन्न सामानहरुलाई आफ्नो शरीरमा अड्याएर सबैलाई आश्चर्यमा परेका छन् । मध्य प्रदेशस्थित सागर जिल्लाका अरुन रैकवारले केही समयअघि मात्रै आफ्नो शरीरमा यस्तो शक्ती रहेको पत्तो पाए । घरको काम गर्दा गर्दै शरीरमा काँटी अड्किएपछि उनी झस्किएर । बिस्तारै उनले चम्चा तथा अन्य धातूका बस्तुहरुलाई शरीरमा अड्याउँदा ति सामान सहज रुपमा अड्कने भए ।
उनी भन्छन् –‘मलाई थाहा थिएन कसरी यस्तो भयो । आजकल मानिसहरु मलाई हेर्न आउँछन् र खुसी लाग्छ ।’ तस्विरहरु ३७ वर्षका अरुनको शरीरमा किला,चम्चा र चक्कू समेत सजिलै अड्किएको देख्न सकिन्छ । उनी आफ्नो शरीरमा विशेष चुम्बकीय शक्तिका तरंगहरु भएका कारण यस्तो भएको बताउँछन् ।
उनले डाक्टरसँग पनि चेकअप गरे । तर स्थानिय अस्पतालका डाक्टरले उनमा खासै शारीरिक समस्या नरहेको बताए । उनको धेरैभन्दा धेरै चुम्बकीय शक्ति छाति,पेट र शरीरको पछाडीपट्टीको भागमा छ ।
शुरुआतमा डाक्टरहरु उनको शरीरमा यसरी सामान अड्किएको देख्दा अचम्मै परेका थिए । उनको जाँच गर्ने ४५ वर्षका चिकित्सक शैलेन्द्र शुक्ला भन्छन्, ‘यो अचम्मकै केश हो । तर म लाई आश्चर्य भने लागेको छैन किनकी हामी सबैको शरीरमा केही चुम्बकीय शक्ति हुन्छ । अरुनको शरीरमा चुम्बकीय शक्ति बढेको छ र केही समयपछि यो आफैँ हट्नेछ । यो सधैँको समस्या होइन ।’
अहिले रैकवारलाई हेर्नका लागि उनको घरमा आउने स्थानियहरुको संख्या बढेको छ । तर उनी भने सामान्य जीवन चाहन्छन् ।
एकपटक गिनिज बुकमा रेकर्ड लेखाउने धोको भने उनीसँग छ ।
-रातोपाटीबाट