-->
आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ ६ गते बिहीबार तदानुसार इश्वी सन् २०१६ मे १९ तारिख

आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ ६ गते बिहीबार तदानुसार इश्वी सन् २०१६ मे १९ तारिख – त्रयोदशी, प्रदोष व्रत
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नोट – प्रश्तुत राशिफल नेपाली पात्रोबाट साभार गरिएको ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बाध्यताले अलमल्याउन सक्छ। शक्तिको आड लिनेहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला। मेहनतले उत्साह जगाउनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य सुखले प्रफुल्लित भइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउन सक्छन्। परिस्थितिसँग जुध्नुपरे पनि मनग्य दाम र प्रतिष्ठा हातलागी हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य सबल रहनेछ भने सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। चिताएको काम बन्नेछ र व्यापार-व्यवसायमा फाइदा हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। पराक्रम र उत्साह बढ्नेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ। कृषि र व्यापारमा फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले साथ दिनेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रतिस्पर्धीलाई हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन्। तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ। अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर प्राप्त हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले कीर्ति दिलाउनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। कामको तारिफ हुनाले उत्साह बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। चिताएका कामहरू पनि सजिलै बन्नेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको आराधना गर्दा फाइदा हुनेछ।